क्यान्सर जितेका १३ वर्षीय योल्मोकाे निमाेनियाका कारण निधन
काठमाडौं : क्यान्सर जितेका १३ वर्षीय रिम्पो योल्मोको निधन भएको छ। निमोनियाको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मंगलवार राति उनको निधन भएको हो।
ब्लड क्यान्सर जितेर विद्यालय जान थालेका उनलाई निमोनियाबाट भने बचाउन नसकेको उनको उपचारमा संलग्न बाल क्यान्सररोग विशेषज्ञ डा. अञ्जली पण्डितले बताइन्।
कास्की पाेखराका योल्मो नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले गत वर्ष आयोजना गरेको क्यान्सर सर्भाइभर र्याम्प शोमा समेत भाग लिएका थिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा