चीनमा कोरोना भाइरस : ४९२ जनाकाे मृत्यु, २४ हजारमा संक्रमण
चीनमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९२ पुगेको छ। चीनको स्वास्थ्य मन्त्रालयले बुधवार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार मंगलबार ६५ जनाको ज्यान गएको छ। उनीहरू सबै वुहान प्रान्तका हुन्।
मन्त्रालयका अनुसार एक दिनमा थप ३ हजार ९७१ जनामा थप भाइरसको संक्रमण भेटिएको छ। ४ सय ३१ जना गम्भीर बिरामी छन्। २६२ जना अस्पातलबाट उपचारपछि घर फर्किसकेका छन्।
अहिलेसम्म २४ हजार ३२४ जना बिरामी छन्। तीमध्ये २३ हजार २ सय ६० जनामा कोरोना भाइरस पुष्टि भएको छ।
चीन बाहिर अहिलेसम्म फिलिपिन्समा एकजना र हङकङमा एकजनाको मृत्यु भएको छ। नेपालसहित २० देशमा यो भाइरसको संक्रमण भेटिएको छ।
एजेन्सीकाे सहयाेगमा




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै