क्यान्सरका कारण बर्सेनि २० हजार नेपालीले गुमाउँछन् ज्यान
काठमाडौं : नेपालमा प्रत्येक वर्ष २० हजारले क्यान्सर रोगका कारण जीवन गुमाइरहेको एक तथ्यांकले देखाएको छ।
विश्व क्यान्सर दिवसमा क्यान्सर काउन्सिल नेपालद्वारा आयोजित अन्तक्रियामा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा. डा. विष्णुदत्त पौडेलले यो तथ्यांक प्रस्तुत गरेका हुन्। डा. पौडेलका अनुसार ३० देखि ५० प्रतिशत क्यान्सर खानपान र जीवनशैलीका कारणले लाग्छ। यसबाट जोगिन सक्रिय जीवन बिताउनुका साथै सुर्तीजन्य पदार्थबाट टाढा बस्नुपर्ने उनको भनाइ छ।
‘क्यान्सर लागेपछि बाँच्न सकिँदैन भन्ने भ्रम हटाउनुपर्ने आवश्यकता छ’, उनले भने, ‘शुरुआती अवस्थामै क्यान्सर रोग पहिचान र उपचार गर्न सके खर्च कम र प्रभावकारिता बढी हुन्छ।’ बिरामीलाई जतिसक्दो चाँडो अस्पताल जान प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।
डा. पौडेलले ४० वर्ष नाघेका महिलाले नियमित पाठेघरको मुखको परीक्षण र ५० वर्ष नाघेका पुरुषले फोक्सो परीक्षण गराउनुपर्ने बताए।
क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडारियाले क्यान्सर, मुटु, दम र मधुमेह रोकथाम गर्न जनचेतना वृद्धि गर्नुपर्ने बताए।
रासस





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण