Health TV Online
Health TV Online
Health TV Online

‘कोरोना भाइरस संक्रमणको महामारी विश्वभर होइन’

‘कोरोना भाइरस संक्रमणको महामारी विश्वभर होइन’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीको रूप नलिएको बताएको छ।

चीनको मध्य क्षेत्र हुबेईको वुहानबाट पहिलो पटक डिसेम्बरमा देखा परेको उक्त भाइरसका विश्वका २० भन्दा बढी  मुलुकमा पुगेको भए पनि त्यहाँ संक्रमण महामारीको रूपमा नरहेको डब्लूएचओले बताएको हो।

‘अहिले हामी कोरोना भाइरसको संक्रमण महामारीको अवस्थामा छैनौँ’, डब्लुएचओको संक्रमणजन्य रोगको जोखिमविरूद्धको तयारी शाखाका प्रमुख सिल्भी ब्राएन्डले भने, ‘तर हामी संक्रमणको महामारीको जोखिमको बहुकेन्द्रित चरणमा छौँ।’

ब्राएन्डले भने, ‘चीनको हुबेईमा शीघ्र सङ्क्रमण भइरहेको भए पनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटफुट अवस्थामा नै छ ।”

‘चीनको हुबेईका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकहरूले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै संक्रमण रोक्न सफलता मिल्नेमा विश्वस्त रहेका छौँ’, ब्राएन्डले भने।

कोरोना भाइरसका कारण चीनमा ४२५ जनाको मृत्यु भएको छ भने कम्तीमा २० हजार व्यक्ति यसको संक्रमणका कारण उपचार गराइरहेका छन्।

 

थप समाचार