चिकित्सक संघको चुनाव सम्पन्न, ६१५२ मत खस्यो
काठमाडौं: नेपाल चिकित्सक संघको निर्वाचन आज सकिएको छ । चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि शुक्रबारदेखि शुरु भएको मतदान आज ४ बजे सम्पन्न भएको हो।
मतदानका लागि संघको बागबजारस्थित केन्द्रीय कार्यालय भवनलाई केन्द्र तोकिएको थियो । उपत्यकामा ५ दिनसम्म चलेको मतदानमा जम्मा ३ हजार ३ सय १ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले बताए । उनले मतगणना भने बुधबार बिहान ९ बजेदेखि हुने जानकारी दिए।

उपत्यकाबाहिरको हकमा यसअघि नै माघ ४ र ५ गते संघका १६ शाखामा मतदान भइसकेको छ । उपत्यकाबाहिर २ हजार ८ सय ५१ मत खसेको थियो । उपत्यका बाहिर र उपत्यकासहित जम्मा ६ हजार १ सय ५२ मत खसेको छ ।
संघको नयाँ कार्यसमितिका लागि दुई वटा प्यानल चुनावी मैदानमा छन्। लोकतान्त्रिक समूहको नेतृत्व डा लोचन कार्कीले गरेका छन भने पेशागत समावेशी समूहको नेतृत्व डा पुष्पमणी खरालले गरेका छन्। १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चिकित्सक चुनावी प्रतिष्पर्धामा छन्।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित