भरतपुर अस्पतालमा चौबिसै घण्टा डायलासिस सेवा
चितवन : भरतपुर अस्पतालमा मिर्गौलाका बिरामीको चाप बढेपछि चौबिसै घण्टा डायलासिस सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म डायलासिस गर्दा बिरामीले पालो नपाएपछि सोमवारदेखि सेवा विस्तार गरिएको हो ।
सेवा विस्तार गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले पालो कुर्ने बिरामीको संख्या बढेपछि आजदेखि रात्रिकालीन सेवा शुरु गरेको बताए। उनले हाल ६९ जनाले नियमित डायलासिस गरिरहेको जानकारी दिए तीमध्ये ३० पुरुष र ३९ महिला छन्। अरू थप ५० जना बिरामीले पालो कुरिरहेकाले रात्रिकालीन सेवा शुरु गरेको उनको भनाइ छ।
निजीको भन्दा डायलासिस सेवा उत्कृष्ट भएपछि बिरामीको पहिलो रोजाइ भरतपुर अस्पतालको हुने गरेको छ। यसका कारण बिरामीको संख्या दिनानुदिन बढेको छ ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अस्पतालमा २०७४ साल भदौ ११ गतेदेखि निःशुल्क डायलासिस सेवा शुरु गरिएको हो। गत आर्थिक वर्षमा ६ हजार एक सयपटक र चालू आवको ६ महिनामा तीन हजार २३० पटक विभिन्न बिरामीको डायलासिस गरिएको उनले जानकारी दिए। अस्पतालमा रहेका १२ वटा डायलासिस उपकरणमध्ये १० वटा सञ्चालनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा