भेरी अस्पतालमा सिकलसेल एनिमिया बिरामीको चाप
बाँके : नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमिया बिरामीको चाप बढेको छ। भेरी अस्पताल नेपालगञ्जका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले केही समययता अस्पतालमा बिरामीको चाप बढेकाे जानकारी दिए।
पुस मसान्तसम्म ७६७ जनाले एक लाख बराबरको उपचार सेवा लिने गरी अस्पतालले सूचीकृत गरेको उनले जानकारी दिए। उपचारका लागि अस्पतालमा आउने बिरामीलाई रोगका बारेमा मनोसामाजिक परामर्श र अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको परामर्शदाता तथा स्टाफ नर्स आस्था केसीले जानकारी दिइन्।
बाँकेको भेरी अस्पतालको सामाजिक सेवा एकाइअन्तर्गत सञ्चालनमा रहेको विपन्न नागरिक स्वास्थ्य उपचार कोषबाट सिकलसेलका बिरामीले निःशुल्क उपचार पाउने एकाइ प्रमुख प्रेम सुवेदीले जानकारी दिए।
नेपालगञ्जस्थित भेरी अस्पतालमा मात्रै सिकलसेलको निःशुल्कजाँच गरिँदै आएको छ। सिकलसेल एनिमिया रोग थारु समुदायमा प्रमुख जनस्वास्थ्य समस्या हाे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिकलसेल प्रमाणित भएका बिरामीलाई एक लाख रूपैयाँ बराबरको औषधि र जाँचसेवा प्रदान गर्दै आएकाे छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित