सुदूरपश्चिममा साढे दुई लाखले गराए स्वास्थ्य बिमा, डाेटी र डडेल्धुरामा फागुनदेखि
कैलाली : सुदूरपश्चिम प्रदेशका सात जिल्लामा स्वास्थ्य बिमितको संख्या साढे दुई लाख पुगेको छ। याे संख्या डोटी र डडेल्धुराबाहेककाे हाे। कैलालीमा २०७२ चैत २५ गतेदेखि बिमा कार्यक्रम शुरु भएको थियो ।
स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जनक साउदले सुदूरपश्चिम प्रदेशमा बिमितको संख्या दुई लाख ५३ हजार ६२० पुगेको जानकारी दिए। सोमबार धनगढीमा आयोजित स्वास्थ्य बिमा अभिमुखीकरण कार्यक्रममा उनले डोटी र डडेल्धुरामा फागुन पहिलो साताबाट कार्यक्रम कार्यान्वयनमा आउने जानकारी दिए।
सात जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी एक लाख ३९ हजार ८२० र सबैभन्दा कम दार्चुलामा छ हजार बिमित रहेका छन्। बझाङमा ३० हजार ४५०, अछाममा २७ हजार, बाजुरामा २६ हजार ६५०, बैतडीमा १३ हजार र कञ्चनपुरमा १० हजार ७०० बीमित संंख्या रहेको कार्यक्रममा जानकारी दिइयो।
तीन प्रादेशिक अस्पताल, आठ जिल्ला अस्पताल, एक सामुदायिक अस्पताल, चार निजी अस्पताल र १४ प्राथमिक स्वास्थ्य केन्द्र गरी प्रदेशमा जम्मा ३१ स्वास्थ्य संस्थाले स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा दिदै आएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा