उपल्लो डोल्पामा झाडापखाला, उपचारमा आम्चीको भर
डोल्पा : उपल्लो डोल्पामा झाडापखालाको समस्या देखिएको छ। डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको समस्या देखा परेको हो। आम्चीको भरमा उपचार हुँदै आइएको जनाइएको छ।
दैनिक ५० भन्दा बढी स्थानीयवासी बिरामी हुने गरेका डोल्पोबुद्ध गाउँपालिका वडा नं. ३ का वडा सदस्य लाप्कातेण्डुप लामाले जानकारी दिए। उनले स्वास्थ्यकर्मी पठाउन र उपचारको पहल गर्न आग्रह गरे।
गत मंसिर महिनामै औषधिको माग गरे पनि अहिलेसम्म नपाएको यहाँका स्थानीय तहले बताएका छन्। दैनिक भाडापखालाका बिरामीको संख्या बढ्दै गएको र औषधि नहुँदा थप समस्या हुँदै गएको बताइएको छ। हिउँले ढाकेको यहाँका बस्तीका बिरामीको उपचार गर्न समस्या भएको छ।
चिसोका कारण आर्थिक अवस्था कमजोर भएका र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा