कोरोना भाइरस : ४२५ काे मृत्यु, २० हजारलाई संक्रमण
काठमाडाैं : चीनमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२५ पुगेको छ। यसैगरी २० हजारभन्दा बढी संक्रमित भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
वुहानमा सोमबार मात्रै ६४ जनाको मृत्यु भएको छ। तीन हजार २३५ नयाँ संक्रमित फेला परेका छन्। दुई लाख मानिस निगरानीमा रहेको पनि चीनको स्वास्थ्य आयोगले जनाएको छ ।
चीनले एक सातामै तयार पारेको एक हजार शय्या भएको अस्पतालले साेमवारदेखि नै कोरानाका बिरामीको उपचार शुरु गरेको छ ।
चीनमा रहेका अन्य देशका मानिसलाई त्यहाँबाट उद्धार गरेर लग्ने क्रम बढ्दो छ। यही क्रममा चीनमा रहेका नेपालीलाई पनि बुधबारसम्म स्वदेश फर्काउने तयारी नेपाल सरकारले गरेकाे छ।
अन्य देशले आफ्ना नागरिकलाई चीन जान प्रतिबन्ध लगाएका छन् भने चीनले पनि यताउता जान रोक लगाएको छ ।
फिलिपिन्समा एकजनाको मृत्यु
चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको छ।
एजेन्सीकाे सहयाेगमा





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा