चीनको शीर्ष नेतृत्वले भन्याे, कोरोना भाइरससँग जुझ्ने क्रममा कमजोरी भयाे
चीनको शीर्ष नेतृत्वले घातक कोरोना भाइरसको प्रकोपसँग जुझ्ने क्रममा ‘सरकारी कमजोरी र अपूर्णता’ पाइएको स्वीकार गरेका छन्।
शक्तिशाली चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिले राष्ट्रिय आपतकालीन व्यवस्थापन प्रणालीको सुधार गर्नुपर्ने बताएको छ।
देशका सातजना शीर्ष नेताहरू रहेकाे समितिले भाइरसको उत्पत्ति भएको ठानिएको वन्यजन्तु बजारलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन समेत निर्देशन दिएको छ।
बैठक
राष्ट्रपति सी जिनपिङ्ले अध्यक्षता गरेको उक्त बैठकको समाचार सरकारी समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको थियो, जसले यस प्रकोपलाई ‘एउटा ठूलो परीक्षा’ भन्दै चीनको शासन प्रणालीले थुप्रै पाठहरू सिक्नुपर्ने बताइएको छ।
चिनियाँ नेतृत्वले यस प्रकोपलाई एउटा ‘ठूलो परीक्षा’ भन्दै चीनको शासन प्रणालीमा थुप्रै पाठ सिक्नुपर्ने बताइएको छ।
उनीहरूले गैरकानुनी वन्यजन्तुको क्षेत्रलाई गम्भीरतापूर्वक हेर्नुपर्ने बताएका छन्।
त्यसलाई उनीहरूले दृढतापूर्वक प्रतिबन्ध लगाउनुपर्ने बताउँदै त्यस्ता बजारमा हुने अनुगमनलाई बढाउनुपर्ने जनाएका छन्।
प्रयास
वुहान शहर आफूहरूको उच्च प्राथमिकतामा रहेको भन्दै त्यहाँ थप स्वास्थ्यकर्मी पठाउने शीर्ष समितिले जनाएको छ। नयाँ कोरोनाभाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्य बजारबाट फैलिएको अनुमान गरिएको छ।
चमेरोलाई समेत भाइरसको सम्भावित स्रोतको रूपमा पाइएको एउटा अध्ययनले देखाएको छ। तर त्यो त्यहाँ सहजै पाइने पक्षी नभएकाले वास्तविकता पहिचान गर्ने काम अझै जारी छ।
अहिलेसम्मको अवस्था
कोरोनाभाइरसको प्रकोप फैलिएसँगै चीनमा ३६१ जनाको मृत्यु भइसकेको छ भने अहिलेसम्म १७ हजार मानिसमा संक्रमण पाइएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
अन्य एक दर्जनभन्दा बढी देशका १५० भन्दा बढि मानिसमा पाइएको संक्रमणमा चीन बाहिरसमेत फिलिपिन्समा एकजनाको मृत्यु भएको छ।
यद्यपि चिनियाँ टेलिभिजनले मंगललवार सबेरै बताए अनुसार सबैभन्दा बबी प्रभावित हुबे प्रान्तमा थप ६४ जनाले ज्यान गुमाएको र दुई हजार तीन सयभन्दा बढी नयाँ संक्रमण पाइएको बताइएको छ। मुख्यभूमि चीनमा यसरी ज्यान गुमाउनेको संख्या सन् २००२–०३ मा फैलिएको सार्सभन्दा धेरै भइसकेको छ।
जनवरी ३० तारिखमा विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भाइरसबारे विश्वव्यापी रूपमा स्वास्थ्य संकटकाल घोषणा गरेको थियो। जी सेभेन समूहका देशहरू– अमेरिका, जर्मनी, जापान, ब्रिटेन, क्यानाडा, फ्रान्स र इटलीका स्वास्थ्य मन्त्रीहरूले सोमवार एउटा बैठक गरेका छन्।
जसमा उनीहरू यात्रा नियमन, अध्ययन(अनुसन्धान र विश्व स्वास्थ्य संगठन एवं चीनसँग सहकार्य गर्ने सहमति गरेको जर्मन स्वास्थ्यमन्त्री यन्स स्पानले जनाएका छन्।
जनवरी २३ तारिखमा अमेरिकाले आफ्ना अत्यावश्यक बाहेकका सबै नागरिक र उनीहरूका परिवारका सदस्यलाई भाइरस देखापरेको वुहान शहरबाट फर्किन निर्देशन दिएको थियो। थुप्रै देशले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याएका छन् र सुरुवाती केही दिन उनीहरूलाई क्वारेन्टाइनमा राखेर निगरानी गरेका छन्।
बीबीसी नेपालीबाट





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित