१३ जिल्लामा शनिवारदेखि खुवाइँदै हात्तीपाइले रोगविरुद्ध औषधि
काठमाडौं : सरकारले यही माघ २५ गतेदेखि १३ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन गर्ने भएको छ।
सोमवार पत्रकार सम्मेलन गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक लालले ‘हात्तीपाइले रोग निवारणका लागि औषधि सेवन अभियान २०७६’ सञ्चालन गर्न लागेको जानकारी दिए। १३ जिल्लाका १३८ स्थानीय तहमा औषधि खुवाउने उनले बताए।
यो कार्यक्रममार्फत ७४ लाख ६१ हजारलाई औषधि खुवाउने लक्ष्य लिएको उनको भनाइ छ। औषधि सेवन कार्यक्रममा पाँच हजार ८८५स्वास्थकर्मी र १० हजार ८३८ स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक रोशन पोख्रेलले औषधिबारे भ्रम फैलाइएकाले हात्तीपाइले रोग नियन्त्रण हुन नसकेको तर्क गरे। औषधिबारेको भ्रम चिर्न सञ्चारमाध्यम सहयोगी हुने उनको विश्वास छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण