नेपाल चिकित्सक संघ निर्वाचन: चौँथो दिन खस्यो ७५९ मत
काठमाडौं: उपत्यकाभित्र नेपाल चिकित्सक संघको निर्वाचनको चौंथो दिन आज ७ सय ५९ मत खसेको छ । संघका प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले आज ७ सय ५९ मत खसेको बताए ।
बिहान ११ बजदेखि शुरु भएको मतदान ४ बजे सकिएको थियो । शुक्रबारदेखि शुरु भएको मतदान भोलिसम्म चल्नेछ । संघको नयाँ कार्यसमितिका लागि लोकतान्त्रिक समूहबाट डा लोचन कार्की र पेशागत समावेशी समूहबाट डा पुष्पमणी खरालको टोली चुनावी मैदानमा छ। संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा छन्।
यसअघि उपत्यकाबाहिर १६ स्थानमा मतदान भइसकेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा