गाउँमा स्वास्थ्य शिविर
सिरहा : धनगढीमाई नगरपालिका–११ मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १३५ ले स्वास्थ्य जाँच गराएका छन्। वडाकाे आयोजनामा आधारभूत विद्यालय नैनपुर बरगाछी चौतारामा शिविर सञ्चालन गरिएको हाे।
शिविरमा मधुमेह, रक्तचाप, थाइराइड, पिसाब तथा स्त्रीरोग सम्बन्धी बढी बिरामी पाइएको वडाध्यक्ष गंगाराम यादवले जानकारी दिए।
शिविरमा डा. सुभाष चौधरी, डा. लुस्युन यादव, अनमी पार्वती चौधरी र चन्दा चौधरीलगायतले सेवा दिएका थिए। वृद्धवृद्धा, दलित र विपन्न परिवारलाई गाउँ बस्तीमा स्वास्थ्यसेवा पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरेकाे यादवले बताए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा