चीनबाट ल्याउने नेपालीलाई राख्ने सुरक्षित स्थान खोज्दै स्वास्थ्य मन्त्रालय
काठमाडौं: सरकारले चीनबाट उद्धार गरेर ल्याउने नेपालीलाई राख्ने सुरक्षित स्थानको खोजी तिब्र बनाएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले यस्तो बताएका हुन्।
कोरोनाभाइरसको त्रासका कारण चीनको वुहानमा रहेका नेपालीले तुरुन्त उद्धार गर्न आग्रह गरेपछि उनीहरुलाई नेपाल ल्याउने तयारी तिब्र बनाएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने, उनीहरुलाई कसरी ल्याउने भन्ने विषयमा विभिन्न प्राविधिक समितिहरु बनाइएको छ । ती समितिले काम गरिरहेका छन्। सबैभन्दा महत्वपूर्ण कुरा स्थानको हो त्यसको टुंगो लाग्ने बित्तिकै उनीहरुलाई ल्याउँछौं । उनले थपे । उनले वुहानबाट ल्याउने नेपालीलाई दुई साता छुट्टै राख्नुपर्ने भएकाले त्यसका लागि केही सम्भावित स्थानमा भत्तपुरको विद्युत तालिम केन्द्र, बोडेमा रहेको कृषि तालिम केन्द्र, जावलाखेलमा रहेको स्टाफ कलेज वा आर्मीको ब्यारेक लगायतका स्थानको अनुगमन भइरहेकोतर टुंगो भने नलागेको बताए ।
अन्य देशले आफना नागरिकलाई चीनबाट उद्धार गरेर लाने क्रम बढेसँगै त्यहाँ रहेका नेपालीहरु पनि त्रसित बनेका हुन्। कार्यक्रममा प्रवक्ता श्रेष्ठले चीनबाट नेपाली ल्याउन परराष्ट्र मन्त्रालय,चीन सरकार साथै चीनमा रहेको नेपाली दुताबास सबैको सहकार्य चाहिने भन्दै यसका लागि केही समय लाग्ने बताए । उनीहरुलाई नेपाल ल्याउँदा कोरोना भाइरससँगै आउँछ की भन्ने प्रश्नमा श्रेष्ठले चीनकै एअरपोर्टमा स्क्रिनिङ गरेर ल्याइने र यहाँ पनि एअरपोर्टमा स्क्रिनिङ गरिने हुँदा आत्तिननपर्ने बताए ।
यसैगरी स्वास्थ्य आपातकालिन तथा विपद व्यवस्थापन इकाई प्रमुख सागर दाहालले कोरोना भाइरस सक्रमण भएकालाई नभई स्वस्थ ब्यक्तिलाई लिएर आउने भएकाले रोग फैलिने सम्भावना नभएको बताए । उनले शंका लागेमा त्यहीं नै परीक्षण गरिने उपचार हुने भन्दै आत्तिहाल्नुपर्ने अवस्था नभएको जिकीर गरे । लक्षण नदेखिएको हकमा भने २ साता क्वारेन्टाइनमा राख्दा पक्ता लाग्ने पनि उनले जानकारी दिए ।
सरकाले नेपाल आउन चाहेका नेपालीलाई आइतबार ९ बजेसम्म फर्म भर्न लगाएको थियो । चीनमा रहेका १ सय ७० जनाले फर्म भरेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसका कारण हालसम्म चीनमा ३०४ जना र एक जनाको फिलिपिन्समा ज्यान गइसकेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित