चीनकाे वुहानमा रहेका सबै नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिने
काठमाडौं: कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको हुबे प्रान्तकाे वुहानमा रहेका सबै नेपाली नागरिकको उद्धार गरिने भएको छ।
शनिवार बेइजिङस्थित नेपाली दूतावासले एउटा सूचना जारी गर्दै हुबेमा रहेका नेपालीहरूको उद्धार गर्ने र इच्छुक व्यक्तिलाई त्यसका लागि आइतबार विहान ९ बजेसम्म फर्म भर्न आग्रह गरेको छ ।
काेराेना भाइरसकका कारण धमाधम मानिसकाे मृत्यु हुन थालेपछि त्यहाँ रहेका नेपालीहरूले आफूहरूलाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेका थिए।
नेपालीहरूको उद्धारका लागि एउटा विशेष चार्टर्ड विमान पठाइन लागेको र त्यसबारे विस्तृत विवरण चाँडै सार्वजनिक गरिने दूतावासद्वारा जारी सूचनामा जनाइएको छ।
चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसलाई विश्व स्वास्थ्य सङ्गठनले पनि विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरिसकेकाे छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा