कोरोना भाइरस संक्रमणमा सतर्कता : उच्चस्तरीय तीन समिति गठन
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण लक्षित उच्चस्तरीय तीन समिति गठन गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति र स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति गठन गरिएको हो। यस्तै मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको छ।
उच्चस्तरीय अनुगमन समितिले कोरोनाको रोकथामको लागि विभिन्न निकायले गरिरहेका कामहरूको अनुगमन गर्नेछ।
समितिको सदस्यहरूमा विभिन्न मन्त्रालयका सचिव तथा महाशाखा प्रमुख रहने बताइएको छ। समितिमा मन्त्रालयका तीनवटै विभागका महानिर्देशक, महाशाखाका निर्देशक, टेकु अस्पतालका निर्देशक, स्वास्थ्य अन्तर्गतका परिषद्का अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित