कोरोना भाइरस संक्रमण : उहानमा खुले ७० स्वास्थ्य केन्द्र
मध्य चीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको संक्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य सेवा केन्द्र खोलिएको छ।
उहानको बाहिरका इलाकामा आपतकालीन प्रयोगका लागि अस्पतालहरूले नयाँ केन्द्र विस्तार गरेको प्रान्तका प्रमुख जियांग चाओलिङ बताए।
यी स्वास्थ्य केन्द्रहरूले ग्रामीण इलाकामा कोरोना भाइरसका कारण भएको निमोनियासँग लड्न मद्दत पुर्याउने बताइएको छ।
अधिकारीहरूका अनुसार गाउँ समुदायमा प्रशिक्षण सत्र सञ्चालन गरी जनचेतना बढाइएको छ। यहाँ ग्रामीण क्षेत्रमा फर्किएका मानिसको दैनिक तापक्रम नाप्ने र स्वास्थ्य अवस्थाको जाँच गर्ने बताइएको छ।
हुबेइ प्रन्तमा हालै मात्र कोरोना भाइरसका कारण एक हजार २२० नयाँ संक्रमित भएका र बिहीवार मात्र पनि थप २४ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
चिनियाँ स्वास्थ्य अधिकारीहरूकाअनुसार बिहीबार अबेर रातिसम्म यस भाइरसबाट २१३ जनाको मृत्यु भएको र ९ हजार ६९२ जना संक्रमित छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण