कोरियाबाट फर्किएका एक नेपालीमा ‘कोरोना’ आशंका, धरानले पठायो टेकु अस्पताल
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक बिरामीलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा पठाएको छ।
उच्च ज्वरो र घाँटीको दुःखाइका कारण उनी बिहीवार उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका थिए। उनलाई बिहीबार साँझ नै काठमाडौँ पठाएको आकास्मिक कक्षका प्रमुख डा. ज्ञानेन्द्र मल्लले जानकारी दिए। उपचारका लागि आएको बिरामीलाई तीन दिनदेखि १०३ डिग्रीसम्म ज्वरो आएको उनले बताए।
धरान–११ घर भएका उनी पाँच दिनअघि मात्र दक्षिण कोरियाबाट नेपाल आएको बताइएको छ। भाइरसको शंका गरेपछि मेडिसिन विभाग र प्रतिष्ठानको विज्ञ टोलीसँगको परामर्शमा उनलाई परीक्षणका लागि टेकु पठाइएको डा. मल्लको भनाइ छ।
प्रतिष्ठानमा कोरोना भाइरस भए नभएको परीक्षण गर्ने किट छैन। प्रतिष्ठानले बिहीवार नै अस्पताल निर्देशकको संयोजकत्वमा १२ सदस्यीय र्यापिड रेस्पोन्स टिमसमेत बनाएको छ।
रासस




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै