चिकित्सक संघको निर्वाचन: आजदेखि ५ दिन मतदान
काठमाडौं: नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि शुक्रवारदेखि काठमाडौं उपत्यका भित्र मतदान हुँदैछ। मतदान संघको केन्द्रिय कार्यालय बागबजारमा बिहान ११ बजेदेखि ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ।
उपत्यकाबाहिर भने यस अघि ४ र ५ गते मतदान भइसकेको छ। उपत्यकाभित्र शुक्रवार शुरु भएको मतदान ५ दिनसम्म चल्नेछ । यसपटक संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना प्रतिस्पर्धामा छन्।
संघको नयाँ कार्यसमितिका लागि लोकतान्त्रिक समुहबाट डा लोचन कार्कीले नेतृत्व गरेका छन भने समावेशी पेशागत समूहबाट डा. पुष्पमणि खरालले नेतृत्व गर्दै प्रतिस्पर्धामा छन्।
मतदानका लागि संघका मुख्य निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले उपत्यका भित्रका सबै मतदातालाई समयै आएर मतदान गर्न आग्रह गरेका छन्। काठमाडौं उपत्यकामा लगभग ७ हजार मतदाता छन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै