सरकार भन्छ, चीनमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्नुपर्ने अवस्था छैन
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्नुपर्ने अवस्था नभएको जानकारी दिएको छ।
बिहीबार नियमित पत्रकार सम्मेलन गरी मन्त्रालयले चीनमा रहेका नेपालीहरूलाई अहिले नै फिर्ता गर्नुपर्ने अवस्था नभएको बताएको हो। मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अध्ययनका क्रममा वा कामको सिलसिलामा चीनमा रहेका नेपालीहरूमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताए। ‘अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था छैन’, उनले भने, ‘तर उनीहरूलाई फिर्ता गर्न तयारी भने गरिरहेका छौँ।’
फिर्ता बोलाएपछि उनीहरूलाई कहाँ राख्ने भन्ने विषयमा छलफल गरिरहेको उनले बताए। आफ्ना नागरिक फिर्ता बोलाएपछि अमेरिका लगायत देशले विभिन्न टापुमा लगेर १५ दिन राखेको दाबी उनले गरे।
शुक्रराज ट्रपिकल अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जाडो महिनामा हुने संक्रमणबाट जोगिन सरसफाइमा ध्यान दिन आग्रह गरे। मन्त्रालयका वरिष्ठ जनस्वास्थ प्रशासक सागर दाहालले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी बढाइरहेको बताए। चीनतर्फको नाकाबाट संक्रमण भित्रिन नदिन रसुवा र तातोपानी भन्सार नाकामा सतर्कता अपनाइएको पनि उनको भनाइ छ।
‘शुक्रवार आवश्यक सामग्रीसहित स्वास्थ्य सेवा विभागका दुई टोली, प्रयोगशालाका प्रतिनिधि र विश्व स्वास्थ संगठनका प्रतिनिधि त्यसतर्फ जाँदैछन्’, उनले भने।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित