कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख अमेरिकी डलर अनुदान
अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि एक करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ।
यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गर्ने फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनका संस्थापक ज्याक माले खोप निर्माण गरी ठूलो संख्यामा वितरण गर्नु चुनौतीपूर्ण रहे पनि फाउन्डेसनले मानवीय सहयोग गर्न चाहेको बताए। उनले आफ्नो फाउन्डेसनले भाइरसविरुद्ध लड्ने किसिमका खोप निर्माण र वितरणमा थप लगानी बढाउने पनि दाबी गरे।
अलिबाबा समूहले कोरोना भाइरससँग जुधिरहेको चीन सरकारलाई चिकित्सा सेवामा सघाउन एक अर्ब चिनियाँ युयान उपलब्ध गराउने घोषणा गरिसकेको छ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै