साउना बाथमा निसास्सिएर दम्पतीको मृत्यु
ललितपुर : विशालचोकस्थित फिट एण्ड फाइन जिम हलको साउना बाथमा निसास्सिएर दम्पतीको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका–१४ का नेत्र पुन र आस्था थापाको मृत्यु भएको रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
बुधबार साँझ जिम सेन्टरमा व्यायाम गरेपछि उनीहरु साउना बाथमा पसेका थिए। लामो समयसम्म बाहिर ननिस्केपछि ढोका खोलेर हेर्दा उनीहरू अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
घटनापछि पाटन अस्पताल पुर्याउँदा उनीहरूको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा