कोरोना भाइरस संक्रमण : १७० जनाको मृत्यु, सात हजार संक्रमित
कोरोना भाइरस संक्रमणका चीनमा हालसम्म १७० जनाको ज्यान गएको छ।
संक्रमितको संख्या करिब ७ हजार पुगेको छ। संक्रमित प्रत्येक पाँच जनामध्ये एक जनामा न्युमोनियाजस्ता गम्भीर समस्या देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
कोरोना भाइरसको संक्रमणपछि चीनले वुहानमा ४८ घण्टामै एक हजार शय्याको अस्पताल तयार पारेर उपचार शुरु गरेको छ। चीनले कोरोनाविरुद्ध चालेका कदमहरूको विश्व स्वास्थ्य संगठन डब्लूएचओले प्रशंसा गरेको छ।
चीनबाहिर १६ देशमा यसको संक्रमण पाइए पनि हालसम्म कसैको मृत्यु भएको छैन।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा