औषधालय चार वर्षदेखि चिकित्सकविहीन
जुम्ला : आयुर्वेद औषधालय चार वर्षदेखि चिकित्सकविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन्।
गत ०७२ मंसिरमा डा. रमेश केसी सरुवा भएपछि केही महिनापछि डाक्टर विवेक गुप्ता अस्थायी रूपमा आए पनि नियमित एक महिना काम नगरेरै गएपछि औषधालय डाक्टरविहीन भएको हो।
अहिले वैद्य गोर्खबहादुर रावतकोे भरमा औषधालय चलिरहेको छ। सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि दिनेसम्मको काम भए पनि जटिल प्रकृतिका बिरामी आएमा निकै समस्या हुने रावतले बताए।
औषधालयमा डाक्टर नभएपछि शल्यक्रियाका काम हुन नसकेको उनको भनाइ छ। ‘न्यूनतम शुल्कमा पाइल्स, घाउखटिराका शल्यक्रिया गर्ने गरेका थियौँ’, उनले भने, ‘अहिले डाक्टर नभएपछि त्यो काम हुन सकेको छैन।’ आयुर्वेद विभागमा पटकपटक पत्रचार गरेर डाक्टर पठाइदिन माग गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ।
‘अहिले कर्णाली प्रदेशले आयुर्वेद औषधालयका लागि चिकित्सकसहित अन्य दक्ष जनशक्तिको विज्ञापन गरेको छ’, उनले भने, ‘अब डाक्टर आउने सम्भावना बढेको छ।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण