चीनमा दुई दिनमा बन्यो हजार बेडको अस्पताल, कोरोना भाइरस संक्रमितको उपचार शुरु
एजेन्सी : चीनले दुई दिनमा कोरोना भाइरस भएका बिरामी राख्ने अस्पताल तयार गरेको छ। योसँगै कोरोना भाइरस संक्रमण उपचार गर्ने विश्वकै पहिलो अस्पताल तयार भएको छ।
एक हजार शय्याको उक्त अस्पतालमा बुधवारदेखि नै बिरामीको उपचार शुरु गरिएको छ।

खाली रहेको भवनलाई रातारात स्वयंसेवक एवं स्वास्थ्यकर्मी मिलेर एक हजार शय्या भएको अस्पताल तयार पारेका हुन्। यो अस्पताल वुहानबाट ७५ किलोमिटर टाढा पर्छ। कोरोना भाइरसका कारण आफ्ना नागरिकको मृत्यु हुन थालेपछि सरकारले अस्पताल बनाएर ‘आइसोलसन’मा राखेर उपचार गर्न थालेको हो।
कोरोना भाइरसका बिरामीलाई नयाँ अस्पतालमा सारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यो अस्पतालमा ५०० भन्दा बढी स्वयंसेवक एवं कामदारले दुई दिनसम्म दिनरात काम गरेका थिए। हालसम्म चीनमा कोरोना भाइरसको संक्रमणका कारण १३२ जनाको ज्यान गइसकेको छ । यसैगरी ६ हजारभन्दा बढी संक्रमित छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा