चीनमा कोरोना भाइरस : १३२ जनाकाे मृत्यु, ६ हजार संक्रमित
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३२ पुगेको छ। करिब ६ हजार जनामा संक्रमण पाइएको छ।
दुई हप्ताअघि चीनको वुहानबाट फैलिएको भाइरस अन्य शहरमा फैलिन नदिन यातायात आवागमनमा कडाइ गरिएको छ। वुहान शहर र हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ।
विश्वका अन्य १६ देशमा फैलिएको यो सक्रंमणले महामारीकाे रूप लिने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। चीन यात्रामा जानुअघि पुनर्विचार गर्न अमेरिकाले आफ्ना नागरिकलाई आग्रह गरेको छ। उसले हुबे प्रान्तमा यात्रा नगर्नसमेत सुझाव दिएको छ।
नेपाललगायतका १६ मुलुकका करिब ५० जना संक्रमित भए पनि चीनभन्दा बहिर अहिलेसम्म कसैको मृत्यु भएको छैन।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा