नेसनल अस्पतालमा बाथरोग सेन्टर
काठमाडौं : कलंकीस्थित नेपाल नेसनल अस्पताल ‘बाथरोग सेन्टर’सञ्चालनमा ल्याइएको छ। अस्पतालले नेसनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा मंगलबार ‘बाथरोग सेन्टर’को शुभारम्भ गरेको हो।
प्रदेशसभा सदस्य केशव पोखरेलले सेन्टर उद्घाटन गरे। अस्पतालका अध्यक्ष रामचन्द्र शर्माले गुणस्तरीय सेवा दिन अस्पताल प्रतिबद्ध रहेको बताए। अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले देशभर ३० लाखभन्दा बढी व्यक्ति बाथरोगबाट पीडित भएको भन्दै बाथका रोगीलाई सहज उपचार गराउन अस्पतालले बाथरोग सेन्टरको स्थापना गरेको बताए।
वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित वैद्यले नेपालमा बर्सेनि बाथरोगका बिरामी बढ्दै गएकाले यसको उपचारका लागि सेन्टर स्थापना भएकाे बताए।
पाँच वर्ष पहिला स्थापना भएको अस्पतालले केही महिना अघिमात्र टेलिमेडिसिन सेवाको समेत शुभारम्भ गरेर दुर्गम क्षेत्रका बिरामीलाई समेत सेवा प्रदान गर्दै आइरहेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा