कोरोना भाइरसको उपचार : त्रिवि शिक्षण अस्पतालमा ६ वटा ‘आइसोलेसन बेड’
काठमाडौं : चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण नेपालसम्म आइपुगेपछि सरकारले आफनो तयारी बढाएको छ । मंगलबार मन्त्रालयको एक टोलीले विभिन्न अस्पताल पुगी कसरी बिरामीको उपचार सहज रुपमा गर्न सकिन्छ भनेर छलफल गरेको जनाएको हो ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमै मात्र ५० जनासम्म बिरामी राखेर उपचार गर्न सकिने देखिएको टोलीमा सलंग्न मन्त्रालयका सहसचिव डा गुणराज लोहनीले बताए । त्यसबाहेक छाउनीस्थित सैनिक अस्पताललाई पनि मुख्य अस्पतालका रुपमा प्रयोग गर्न सकिने उनको भनाई छ । हाल बन्दै गरेको सय बेडको ओपीडी भवनमा बिरामी राखेर उपचार गर्न मिल्ने उनले जीकीर गरे ।
उता चीनको वुहान शहरमा रहेका नेपालीलाई पराराष्ट्र मन्त्रालय मार्फत काठमाडौं ल्याउने विषयमा पनि कुरा भइरहेको भन्दै यदि उनीहलाई ल्याउने स्थिती आएमा छुट्टै आर्मीको ब्यारेकमा राखिने पनि मन्त्रालयले जनाएको छ । उनीहरुलाई दुई सातासम्म निगरानीमा राखेर मात्र छोडिनेछ ।
यसैगरी त्रिवि शिक्षण अस्पतालले पनि कोरोना भाइरसका बिरामीका लागि ६ वटा आइसोलेसन वार्ड छुट्याएको जनाएको छ । अस्पतालका निर्देशक डा प्रेम खड्गाले तत्कालका लागि क्षयरोगी बिरामीलाई भनेर बनाइएको वार्ड कोरोना बिरामीलाई छु्ट्याएको बताए। उनले भने ,’अहिले त बिरामी छन् ,तर हामी त्यस्ता बिरामी आए भने खाली गछौं।’
हालसम्म नेपालमा एक जनामा मात्र काेराेना भाइरस देखिएकाे छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा