Health TV Online
Health TV Online
Health TV Online

गायिका आस्था राउत अस्पताल भर्ना

गायिका आस्था राउत अस्पताल भर्ना

काठमाडौं : प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत हिरासत भर्ना भएकी छिन्। स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई सोमवार त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना गरिएको हो।

हाइपर टेन्सनका कारण समस्या भएपछि उनलाई सोमवार साँझ नै अस्पताल लगिएको काठमाडौं प्रहरी परिसर टेकुले जनाएको छ।

यही माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा महिला प्रहरी जवानसँग गायिका राउतको भनाभन भएको थियो। सिक्किम जाने क्रममा भएको घटनापछि उनले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन्।

भिडियो भाइरल भएपछि प्रहरी जवानले उनीविरूद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसपछि राउतविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।

सोमबार बिहान टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

तस्विर : राउतकाे फेसबुक

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार