Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरसको त्रास : हात नमिलाउन आग्रह

कोरोना भाइरसको त्रास : हात नमिलाउन आग्रह

कोरोना भाइरसले महामारीको रूप लिएपछि चीन सरकारले हात नमिलाउन आफ्ना नागरिकलाई सुझाव दिएको छ। वुहान लगायतका शहरमा घरबाहिर निस्कनसमेत रोक लगाइएको छ।

चीनमा यो भाइरसबाट अहिलेसम्म १०६ जनाको मृत्यु भइसकेको छ। यसैगरी २ हजार ७ सयभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। चिनियाँ स्वास्थ्यमन्त्री मा स्याओवेले यो भाइरसको असर १४ दिनसम्म रहने बताएका छन्।

यता विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरोस धानम ग्याब्रियेसस चीन आइपुगेका छन्। उनले चीनसँग सहकार्य गरी अघि बढ्ने बताएका छन्।

अहिलेसम्ममा चार हजारभन्दा बढी मानिसमा संक्रमण देखिएकाे छ। संक्रमितमध्ये करिब ५०० जनाको अवस्था गम्भीर रहेको सरकारले जनाएको छ। संक्रमण चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८  शहरमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ।

सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधन आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ। मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ।  जंगली जनावर र पशु ओसारपसार तथा उपभोगमा समेत कडाइ गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार