कोरोना भाइरसको ल्याब परीक्षण नेपालमै
काठमाडौं: सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण नेपालमै हुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यसको परीक्षण शुरु गरेकाे निर्देशक डा रुना झाले जानकारी दिइन्। उनले भनिन, ‘कोरोना परीक्षणका लागि आवश्यक केमिकल आइसकेको छ,आजैबाट परीक्षण शुरु गर्देछौं ।’
उनले कोरोना भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका तीन बिरामीको नमुना संकलन गरेर परीक्षण शुरु गरिएको पनि जानकारी दिइ्न । यो सेवा नेपालमा नहुँदा गत साता कोरोना भाइरसको संक्रमण पुष्टि भएका एक नेपाली विद्यार्थीको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो।
नेपालमा हालसम्म एक जनामा कोरोना भाइरसको पुष्टि भइसकेको छ भने अन्य तीन जनामा शङ्काका आधारमा अस्पताल भर्ना गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण