नेसनल मेडिकल कलेजका निर्देशक अन्सारीको घरअगाडि बम
काठमाडौं : वीरगञ्जको नेसनल मेडिकल कलेजका निर्देशक (एमडी) बसुरुद्दीन अन्सारीको घरअगाडि राखिएको बम नेपाली सेनाको ‘डिस्पोजल’ टोलीले निष्क्रिय पारेको छ।
नेपाली सेनाको चण्डीप्रसाद गणको टोलीले सो बम निष्क्रिय पारेको हो। प्रेसरकुकरमा डेटोनेटरसहित बम जडान गरी राखेकाे पाइएको सेनाको डिस्पोजल टोलीले जानकारी दिएको छ।
बम राखिएको घटनाबारे अनुसन्धान थालिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए। नगरमा सर्वसाधारणलाई आतंकित पार्ने उद्देश्यले बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण