बाँकेमा कुष्ठरोगको रोकथाम चुनौतीपूर्ण
बाँके : जिल्लामा कुष्ठरोगको रोकथाम प्रभावकारी हुन सकेको छैन। रोकथामका लागि पहल गर्दै आए पनि नतिजा भने सोचेजस्तो आउन नसकेको हो।
बाँकेमा विभिन्न ठाउँबाट मानिस स्थानान्तरण भएर आउने, नियमित उपचार लिन नआउने, रोगबारे जानकारी नराख्ने र रोग लुकाउन खोज्नेजस्ता कारणले कुष्ठरोगका बिरामी बढेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए।
बाँकेमा गत वर्ष १२५ जना कुष्ठरोगका बिरामी थिए भने यो आर्थिक वर्षको मंसिर मसान्तसम्म ११४ बिरामीले विभिन्न अस्पतालबाट उपचार लिइरहेका छन्। यो रोग लागेको बिरामीहरुलाई पूर्वजन्मको पाप वा देवीदेवताको श्राप हो भनेर हेलाँ गर्ने मानसिकता अझै हट्न नसकेका कारण रोकथाममा चुनौती थपिएको शाहकाे भनाइ छ।
कार्यालयले स्वास्थ्यचौकीसम्म पुग्न नसकेका, लुकीछिपी बसेका जिल्लाका कुष्ठरोगीहरुलाई पुर्याउन सरोकारवाला निकायसँगको समन्वयमा कार्यक्रम निरन्तर अघि बढाएकाे जनाएकाे छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा