कोरोना भाइरस परीक्षण एक साताभित्रै नेपालमा
काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमणको परीक्षण यहीँ गर्ने व्यवस्था मिलाउने भएको छ। भाइरस परीक्षण एक साताभित्र नेपालमै हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ।
‘नेपालमै कोरोना भाइरसको परीक्षणको व्यवस्था मिलाउन तयारी गरिरहेका छौँ’, मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘ढिलोमा एक साताभित्र परीक्षणको सुविधा यहाँ नै उपलब्ध हुन्छ।’
केही समयअघि चीनबाट आएका एकजना नेपालीलाई कोरोना भाइरस संक्रमण भएको पाइएको मन्त्रालयले जनाएको थियो। नेपालमा परीक्षणको व्यवस्था नहुँदा उनकाे नमुना हङकङ पठाइएकाे थियाे।
प्रवक्ता श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आउने मानिसहरूलाई विशेष निगरानी गर्न थालिएको बताए। ‘चीनबाट आएका सबैको निगरानी गरिरहेका छौँ’, उनले भने, ‘रुघाखोकी लागेको मानिस आएको रहेछ भने उसलाई सोझै अस्पताल पुर्याउँछौँ।’
यस्ता व्यक्तिहरूलाई विभिन्न अस्पतालमा बनाइएका ‘आइसोलेसन वार्ड’मा राखिने श्रेष्ठले बताए। श्रेष्ठका अनुसार तातोपानी र रसुवागढीमा पनि परीक्षण केन्द्र राखिएको छ।
प्रदेशहरूलाई पनि विशेष निगरानी गर्न भनिएको उनले जानकारी दिए। पर्यटकीय शहरहरूका अस्पतालमा आइसोलेसन वार्डहरू बनाउन भनिएको बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण