निःशुल्क शिविरमा ११३ मनोरोगी लाभान्वित
कपिलवस्तु : शिवराज नगरपालिका–१ शिवपुरमा आयोजित मनोरोगसम्बन्धी निःशुल्क शिविरमा ११३ जना लाभान्वित भएका छन्।
मेनिरोल नेपाल आशादीप तथा शिवपुर स्वास्थ्य चौकीको आयोजनामा भएको शिविरमा नशा, टाउको तथा मनोरोग भएका बिरामीले उपचार गराएका हुन्। ३४ जनालाई उपचारका लागि अन्य ठाउँ जान सुझाव दिइएको बताए।
प्रदेश ५ का प्रदेशसभा सदस्य अर्जुन केसीले विभिन्न कारणले मानिस डिप्रेसनजस्ता समस्याले परिवार तथा समाजलाई असर परेकाले यसकाे निराकरणका लागि समयमै स्वास्थ्यकर्मीकाे सल्लाह लिनुपर्ने बताए। मनोरोग विशेषज्ञ डा. राजेश श्रेष्ठले उपचार गरे मनोरोग निको हुने दाबी बताए।
मृगी, डराउने, डिप्रेसन हुनेजस्ता बिरामीको संख्या बढिरहेकाले यसबाट मुक्त हुन व्यवहारमा परिर्वतन ल्याउनुपर्ने उनको भनाइ छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा