स्तन क्यान्सरले छट्पटिदै जुम्लाकी पुम्फा, सहयाेग गर्न आग्रह
जुम्ला : स्तन क्यान्सर भएकी तातोपानी गाउँपालिका–२ जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमाईले रकम अभावका कारण उपचार गराउन सकेकी छैनन्।
तीन वर्षअघि भारतमा उपचार गर्न जाँदा क्यान्सर उनलाई भएको पत्ता लागेको थियो। चिकित्सकले शल्यक्रिया गर्न सल्लाह दिए पनि रकम अभावका कारण उनी उपचार नगरी फर्केकी थिइन्।
उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदा उपचार सम्भव जानकारी दिइएको थियो। ‘उपचार भारतको लखनऊमा हुन्छ भनेका छन्’, उनका नाति कैलाशले भने, , ‘त्यसका लागि करिब तीन\चार लाख रुपैयाँ लाग्छ।’ केही रकम आफूले छुट्याएपछि केही तर घरको सबै सम्पत्ति बेच्दा पनि रु तीन\चार लाख रकम नपुग्ने उने बताए।
पुम्फाका श्रीमान् खड्के दमाईको २० वर्षअघि नै मृत्यु भइसकेको छ। घरमा रहेका तीन नातिको दयनीय अवस्थाले उहाँको उपचार सम्भव छैन।
‘घरमा छ महिना खाना पनि धौधौ छ, अब मर्नुको विकल्प छैन’, उनले भनिन्, ‘बाँच्ने रहर हुँदा पनि आर्थिक अभावले म गल्दै छु।’
सरकारले दिने गरेको सामाजिक सुरक्षाभत्ताले औषधि किन्नै ठिक्क भएको उनको भनाइ छ। सहयाेग गर्ने काेही पाए नयाँ जीवन पाउने उनले बताइनन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित