स्वास्थ्यमन्त्रीले औषधि व्यवसायीलाई भने, इमानदार हुनुस्
काठमाडौं : स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आयुर्वेद चिकित्सापद्धतिलाई सर्वसुलभ बनाउन नीति निर्माण गरिरहेको बताएका छन्।
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रथम भेलामा उनले आम नागरिकमा आयुर्वेद चिकित्सापद्धतिप्रति विश्वास जगाउन औषधि व्यवसायी इमानदार हुनुपर्ने तर्क गरे। उनले कानुनभित्र रहेर व्यवसाय गर्न व्यवसायीलाई सुझाव दिए।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपालका जडिबुटी बाहिर बेच्नुभन्दा व्यवसायीले नेपालमै गुणस्तरीय औषधि बनाउन ध्यान दिनुपर्ने बताए।

आयुर्वेद औषधि व्यवसायी हृदयनारायण चौधरीले नेपालमा ८० वटा आयुर्वेद औषधि कम्पनी दर्ता भए पनि २५ वटाले मात्र उत्पादन गर्दै आएको जानकारी दिए। व्यवसायमा हरेका विकृति विसंगति अन्त्य गर्न व्यवसायीलाई संगठित गरेको उनले दाबी गरे। ‘नेपालको औषधि उत्पादनले नपुगेर भारतबाट मगाउनुपर्ने अवस्था छ’, उनले भने, ‘यो अवस्था अन्त्य गर्न हामी लाग्नेछौँ।’





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित