Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरस : विज्ञ भन्छन्, नेपालमा खतरा छैन

कोरोना भाइरस : विज्ञ भन्छन्, नेपालमा खतरा छैन

काठमाडौं : विज्ञहरूले ‘कोरोना भाइरस’ को सन्दर्भमा अन्य मुलुकमा देखिएको जस्तो खतरा नेपालमा नभएको बताएका छन्।

एक कार्यक्रममा शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो  खतरा नेपालमा नभएको प्रष्ट पारे।

अमेरिका लगायतका मुलुकमा देखिएको जस्तो खतरा नेपालमा नभएको उनको भनाइ छ। सामान्य मानिसभन्दा धेरै उमेर भएका र दीर्घरोगीको मृत्यु भएको देखिएको उनले बताए। ‘चीनमा मृत्यु हुनेमा सबै ७० वर्षभन्दा माथिका र दीर्घरोगी भएको पाइएको छ’, उनले भने, ‘बालबालिका र युवाहरूमा ज्यानै जानेगरी संक्रमण देखिएको छैन।’

अस्पतालका निर्देशक  डा. बासुदेव पाण्डेले शुरुमा स्वाइनफ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिने जस्ता लक्षण देखिनसक्ने बताए। यी लक्षण देखिए चेकअपका लागि अस्पताल जान उनले सुझाए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले यो भाइरसको विस्तृत प्रकोप दर, यसका लक्षण र कति समयपछि असर गर्छ भन्ने विषय अध्ययनकै क्रममा रहेको बताए।

मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी नेपालमा एकजनामा संक्रमण भेटिएको जानकारी दिएको थियो। उनको सम्पर्कका अन्य व्यक्तिहरुको सूची तयार गरी सबैको अवस्थाका विषयमा जानकारी लिने काम भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

चीनसँग जोडिएका नाका र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको स्वास्थ्य परीक्षणलाई कडा पारेको दाबी उनले गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार