शुक्रराज ट्रपिकल अस्पतालले माग्यो १०० रोपनी जग्गा, घना बस्तीबाट सारौँ
काठमाडौं : काठमाडौं शुक्रराज ट्रपिकल अस्पतालले सरकारसँग १०० रोपनी जग्गा माग गरेको छ। घना बस्तीमाझ रहँदा संक्रमण फैलिने खतरा रहेको भन्दै अस्पताल सार्न १०० रोपनी जग्गा माग गरिएको हो।
८६ औँ वार्षिकोत्सव कार्यक्रममा निर्देशक डा. बासुदेव पाण्डेले अस्पताललाई घना बस्तीबाट सार्नुपर्ने बताए। उनले अस्पतालको संरचनाका लागि उपत्यकाभित्रै १०० रोपनाी जग्गा आवश्यक रहेको बताए। ‘उपत्यका मात्र होइन सातै प्रदेशमा सरुवा रोग अस्पताल हुनुपर्छ’, उनले भने।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले स्वास्थ्यसेवा सर्वसुलभ बनाउने सरकारको नीति रहेको भन्दै डा. पाण्डेको उठाएका माग सम्बोधन गर्ने आश्वासन दिए। उनले स्वास्थ्य क्षेत्रका लागि सरकारले विनियोजन गरेको बजेट सदुपयोग हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा स्वास्थ्यसचिव खगराज बरालले अस्पतालले उठाएको माग जायज रहेको भन्दै कार्यान्वयनका लागि पहल गर्ने बताए।
२५ वर्ष काम गरेका अस्पतालका कर्मचारीलाई कार्यक्रममा सम्मान गरियो। कार्यक्रममा राज्यमन्त्री रावतले अस्पतालको स्मारिका विमोचन गरे।
कलेरा अस्पतालको नाममा १९९० सालमा खुलेको यो अस्पताल २०५३ साल माघ ११ गते शुक्रराज अस्पतालमा परिणत भएको हो। नेपालमा सरुवा रोग तथा महामारी नियन्त्रणमा अस्पतालले ठूलो भूमिका निर्वाह गर्दै आइएको बताइन्छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित