Health TV Online
Health TV Online
Health TV Online

चीनबाट फर्केका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस भएको पुष्टि

चीनबाट फर्केका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस भएको पुष्टि

काठमाडौं: चीनबाट नेपाल आएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस भेटिएको पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी चीनबाट फर्केका एक विद्यार्थीमा कोरोना भाइरस देखिएको पुष्टि गरेको हो ।

ती विद्यार्थी केही साताअघि मात्र चीनबाट आएका हुन्। नेपाल फर्केपछि कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि ती विद्यार्थी उपचारका लागि टेकु अस्पताल पुगेका थिए। उनको उपचार शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको थियो। चीनमा अध्यनरत ती विद्यार्थीमा कोरोना भाइरस भए नभएको प्रमाणित गर्न नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो।

उक्त नमुना परीक्षणको रिपोर्ट बिहीवार आइपुगेको र कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । टेकु अस्पतालमा अर्का एक  शंकास्पद बिरामीको पनि उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार