कोरोना भाइरसको त्रास : सरकार भन्छ, नडराउनुस् तर सतर्क रहनुस्
काठमाडौं : सरकारले ‘कोरोना भाइरस’ अहिलेसम्म नेपालमा नदेखिएको बताएको छ। बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलमा विज्ञहरूले नेपालमा अहिलेसम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको दाबी गरे।
छलफलपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए। ‘नेपालमा अहिलेसम्म डराउनुपर्ने अवस्था छैन’, उनले भने, ‘श्वासप्रश्वासबाट सर्ने डरलाग्दो भाइरस भएकाले सतर्क भने हुनैपर्छ।’
डा. पाण्डेले कोरोना भाइरस लागेमा रुघा लग्ने, ज्वरो आउने, कतिपयलाई निमोनिया हुने लगायतका लक्षण देखा पर्ने बताए। ‘हेलचेक्र्याइँ गरे संक्रमितको मृत्यु नै हुनसक्छ’, उनले भने, ‘ यसबाट सुरक्षित रहन रुघाखोकी लागेको व्यक्तिको सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने र सरसफाइमा विशेष ध्यान दिने गर्नुपर्छ।’
कोरोना भाइरसको शंका लागेमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, प्रहरी अस्पताल, पाटन हस्पिटल र त्रिवि शिक्षण अस्पतालमा उपचार गर्न सकिने उनले बताए।
कोरोना भाइरस देखा परे कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा मन्त्रालयमा सरोकारवाला निकायबीच छलफल भएको हो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित