मेडिसिटी अस्पतालमा बाल सघन उपचार कक्ष
काठमाडौं : नेपाल मेडिसिटी अस्पतालले बाल सघन उपचार कक्ष (पीआइसीयू)सञ्चालनमा ल्याएको छ।
२४ सै घण्टा सञ्चालनमा रहने सघन उपचार कक्ष अस्पतालका चिकित्सकहरूले बुधबार उद्घाटन गरे।
अस्पतालका महाप्रबन्धक विजय रिमालले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको पीआईसीयू सञ्चालनमा ल्याएको बताए।
बालरोग विशेषज्ञ डा. आन्या शर्माले यसले बालबालिकाको उपचारमा थप टेवा पुग्ने अपेक्षा राखिएको बताइन्।
पीआईसीयूमा हाल १० बेडको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा