जिल्ला अस्पतालमै औषधि अभाव
रुकुम पूर्व : जिल्ला अस्पतालमा औषधि अभाव भएको छ। जिल्ला अस्पतालमा सामान्य खालको औषधि पनि पाउन नसक्दा उपचारका लागि आउने बिरामी समस्यामा परेका छन्।
जिल्लाको सिस्ने गाउँपालिका ५ मा रहेको जिल्ला अस्पतालमा दैनिक ५० देखि ७० जनासम्म बिरामी आउने गर्छन् तर अस्पतालमा पुगेपछि आफूलाई आवश्यक औषधि नपाएर बिरामी निराश भएर निजी मेडिकलतिर धाउने गरेका छन्।
सतत्तरौँ जिल्लाका रुपमा नयाँ स्थापना भएको रुकुमपूर्वमा गत मंसिर ५ गते प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जिल्ला अस्पताल उद्घाटन गरेका थिए। स्वास्थ्यसम्बन्धी सबै सेवा सुविधा जिल्लामै पाइने आशमा हर्षित भएका जिल्लावासी अहिले अस्पतालमा सामान्य औषधिसमेत नपाउँदा रित्तो हात फर्किन बाध्य परेका छन्। पुथाउत्तरगङ्गा गाउँपालिका– ७ की सुनिता पुनले जिल्ला अस्पतालबाट पाउनुपर्ने सेवा सुविधा नपाएको गुनासो पोखिन्।
अस्पतालमा औषधि अभाव भएपछि आएका बिरामीलाई जाँच गर्दै पठाउँदै गर्ने गरेको जिल्ला अस्पताल रुकुम पूर्वका प्रमुख डा. राजेन्द्र जिसीले बताए। स्वास्थ्यचौकीको भवनबाटै जिल्ला अस्पतालको सेवा प्रदान गरिरहेको र त्यसैमा पनि औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या भइरहेको उनको भनाइ छ।
अस्पातालमा ५० प्रतिशत औषधि अभाव रहेको डा. जिसीले बताए। ‘औषधि खरिदका लागि छुट्याइएको ३०\३२ लाख बजेट प्राविधिक गडबडीका कारण भवन निर्माणका लागि भनेर आएको थियो। ‘अहिले त्यो रकम निकासाका लागि शीर्षक सच्याएर आएको छु’, उनले भने, ‘तर त्यति रकमको औषधिले पनि पुग्दैन।’
स्वास्थ्यौकीमा पाइने खालका केही औषधि अस्पतालमा छन्, तर सुई, बच्चालाई खुवाउने झोल औषधि, सलामी चराउने बोतल लगायतका औषधि नभएको उनले बताए। त्यसैगरी आइरन, कोट्रिन र सिप्रो औषधि भने आवश्यकताभन्दा २५ प्रतिशत बढी स्टक रहेको उनको दाबी छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित