नवजात शिशु तथा मातृ मृत्युदर घटाउन स्वास्थ्यकर्मीलाई तालिम
सुर्खेत : नवजात शिशु तथा मातृ मृत्युदर घटाउन कर्णाली प्रदेशका स्वास्थ्यकर्मीलाई विशेष ‘मास्टर प्रशिक्षक कोर्ष’ तालिम दिइएको छ। विभिन्न जिल्लामा कार्यरत ८० स्वास्थ्यकर्मीले चारदिने तालिम पूरा गरेका हुन्।
अत्यधिक रक्तश्रावले सुत्केरी अवस्थामा आमाको र निस्सासिएर शिशुकाे मृत्युबाट जोगाउने ध्येयले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, सफा सुनौलो नेपाल र ल्याटर–डे–च्यारिटिजको संयुक्त तत्वावधानमा यहाँ तालिम सञ्चालन गरिएको हाे।
कर्णालीका १० जिल्लासहित दाङ, बाँके र बर्दियामा कार्यरत नर्स तथा अनमीले तालिम लिएकोे सफा सुनौलो नेपालका सचिव राकेश हमालले जानकारी दिए। सहभागीलाई सुत्केरी अवस्थामा आमा र बच्चाको स्वास्थ्य सुरक्षित राख्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
प्रमुख प्रशिक्षक डा. माइकलले तालिम कर्णालीका लागि कोशेढुङ्गा सावित हुने र तालीम लिएका स्वास्थ्यकर्मीबाट आमा तथा नवजात शिशु मृत्युदरमा कमी ल्याउने बताए। ल्याटर–डे–च्यारिटिजका कन्ट्री डाइरेक्टर भोन्डेन वर्गले प्रशिक्षक कोर्ष प्राप्त गर्ने सबै स्वास्थ्यकर्मीलाई इमान्दार एवं लगनशील भएर काम गर्नुका साथै प्रशिक्षक कोर्षबाट सिकेका कुरा अरुलाई सिकाउन आग्रह गरे।
कर्णालीको स्वास्थ अवस्थामा अपेक्षित सुधार नआउँदा विगत तीन वर्षमा यहाँका १९५ महिला तथा गतवर्ष १४३ नवजात शिशुको मृत्यु भएको थियो । राष्ट्रिय औसतमा प्रतिएकहजार जीवित जन्ममा नवजात शिशु मृत्युदर २१ हुँदा कर्णालीमा २९ रहेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा