Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरसको त्रास : चीनको वुहान नगरमा सबै उडान, रेल तथा बस सेवा बन्द

कोरोना भाइरसको त्रास : चीनको वुहान नगरमा सबै उडान, रेल तथा बस सेवा बन्द

श्वाप्रश्वास सम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने भाइरसको संक्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान शहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगन गर्ने निर्णय गरेको छन्।

कोरोना भाइरसको सङ्क्रमणबाट चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ। पाँच सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने कैयौँको ज्यान गइसकेको छ।

कोरोना भाइरसको पछिल्लो सङ्क्रमण चीनको वुहान शहरको एक बजारमा जनावरबाट सुरु भएको अधिकारीहरूको भनाइ छ।

अहिले चिनियाँ अधिकारीहरूले वुहान शहरका दशौँ लाख बासिन्दालाई जरुरी काम नभई शहर नछोड्न निर्देशन दिएका छन्।

नयाँ वर्षको बिदा

त्यहाँ बिहीवार बिहानदेखि लागु हुने नयाँ नियम चिनियाँ नयाँ वर्षको बिदाको अवसरमा कार्यान्वयनमा आउन लागेको छ। यो बेला दशौँ लाख चिनियाँहरू आफ्नो जन्मथलो फर्किन्छन्।

कोरोनाभाइरसको संक्रमणका कारण अहिलेसम्म १७ जनाको ज्यान गइसकेको बताइएको छ। विश्व स्वास्थ्य संगठन डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चिनियाँ कदमको स्वागत गरेका छन्।

‘जनस्वास्थ्य आपतकाल’बारे थप छलफल

उनले भने, ‘जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने निर्णयलाई म निकै गम्भीर मान्छु। सबै प्रमाणहरूबारे विचार विमर्श नगरी त्यसो गर्नु उचित हुँदैन।’

उनले अहिले एक टोलीले चीनमा आवश्यक प्रमाणहरू जुटाइरहेको बताए। कोरोनाभाइरसले उत्पन्न गरेको चिन्ताबीच त्यो समस्यासँग जुझ्न विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा डब्लूएचओले बिहीवार दोस्रो बैठकको आयोजना गरेको छ।

त्यसका संक्रमितहरू चीन र उसका छिमेकी देशका अतिरिक्त अमेरिकामा पनि भेटिइसकेका छन्।

बीबीसी नेपालीबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार