डा आशा सिंह बनिन् प्रहरी अस्पताल प्रमुख
काठमाडौं: बरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा आशा सिंह नेपाल प्रहरीको प्राविधिक समूह तर्फ एआईजी पदमा बढुवा भएकी छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा भएसँगै सिंह नेपाल प्रहरी अस्पतालकाे निर्देशक समेत बनेकी छिन्।
गृहमन्त्रालयमा गत १४ पुसमा बसेको बढुवा समितिले रिक्त एआईजी पदमा डा सिंहलाई बढुवा गर्न सिफारिस गरेको थियो । तर त्यस विरुद्ध अर्का डीआईजी मिनराज पाठकले जुनियर डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरिएको भन्दै उजुरी गरेका थिए । यता लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित उजुरी सुन्ने समितिले बढुवा समितिको निर्णयलाई सदर गरेपछि मन्त्रिपरिषदले उनलाई बढुवा गर्ने निर्णय गरेको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण