Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बाँकेमा व्यावसायिक जडीबुटी खेती

बाँकेमा व्यावसायिक जडीबुटी खेती

नेपालगञ्ज : जडीबुटी संकलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँकेमा सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडिबुटीलाई व्यावसायिक खेतीका लागि सिफारिस गरिएको छ।

नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडिबुटीलाई सरकारले प्राथमिकतामा राखेको छ। जिल्लामा जडीबुटी खेतीका लागि प्रस्तावित क्षेत्र तोकिएको छ। जडिबुटी खेतीका लागि बाँके राम्रो सम्भावना बोकेको जिल्ला भएको वनस्पति उद्यान केन्द्रका प्रमुख सुनिलकुमार आचार्यले बताए।

खेतीका लागि तोकिएका क्षेत्र आसपास पाइने रैथाने प्रजातिका जडिबुटीलाई प्राथमिकतामा राख्नुपर्ने मापदण्ड पनि तोकिएको छ। ‘जडीबुटीको बाह्य प्रजाति पनि हुर्काउन त सकिन्छ तर, यसले रैथाने प्रजातिका जडीबुटीको उत्पादकत्व घटाउन सक्छ’, आचार्यले भने।

बाँकेमा हाल कुरिलो, अमला, मेन्थालगायत प्रजातिका जडीबुटीको खेती बढी हुने गरेको छ। सरकारले लोपोन्मुख वनस्पति जडीबुटीको संरक्षण, इथ्नो बोटानिकल अध्ययन, वनस्पति संरक्षण र संवर्धन तथा वनस्पतिको रासायनिक गुणहरूको प्रतिफल स्थानीयस्तरमा पुर्याउने उद्देश्यले नेपालगञ्जमा वनस्पति अनुसन्धान केन्द्र स्थापना भएकाे हो।

केन्द्रले बाँकेमा जडीबुटी खेतीको संरक्षण र प्रवर्धन, जडिबुटीको विकास, वनस्पति संरक्षण एवं उद्यम विकास, वनस्पति अध्ययन अनुसन्धान तथा बजारीकरणसम्बन्धी कार्ययोजनाअनुसार काम अघि बढाएको छ ।

जिल्लाको ढकेरीमा रहेको वनस्पति उद्यानमा वनस्पतीय जडिबुटीको विरुवा उत्पादन र बिक्री वितरण तथा वैज्ञानिक अनुसन्धानसमेत हुने गरेको छ । त्यहाँ हुर्काइएका जडीबुटीका विरुवा पश्चिम क्षेत्रका जिल्लाका किसानहरूलाई केन्द्रले उपलब्ध गराउँदै आएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि