Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अमेरिका पुग्यो कोरोना भाइरस, चीनमा नौजनाको मृत्यु, ४४० संक्रमित

अमेरिका पुग्यो कोरोना भाइरस, चीनमा नौजनाको मृत्यु, ४४० संक्रमित

श्वासप्रश्वासमा संक्रमण गराउने कोरोनाभाइरस पहिलो पटक आफ्नो भूमिमा फेला परेको अमेरिकाले पुष्टि गरेको छ।

द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार पहिलो पटक चीनमा फेला परेको भाइरस चीनबाट सिएटल शहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखिएको हो।

सीडीसीका अनुसार उक्त भाइरसबाट संक्रमित अमेरिकी पुरुष गत ज्यानुअरी १५ तारिखमा वुहानबाट फर्केका थिए।

‘ती बिरामी वासिङ्टनस्थित एउटा स्वास्थ्य सेवा केन्द्रमा उपचारका लागि पुगेका थिए’, विज्ञप्तिमा भनिएको छ, ‘उनले यात्रा गरेको स्थान र रोगको लक्षण हेरेपछि उनी कोरोनाभाइरसबाट संक्रमित भएको अनुमान गरिएको थियो।’

काेराेना भाइरसको संक्रमण रहेको पुष्टि जनवरी २० तारिखमा भएको थियो।

चिनियाँ अधिकारीकाे चेतावनी

चीनमा देखा परेको नयाँ भाइरस स्वरूप परिवर्तन गरेर फैलिन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्। उक्त भाइरस फैलिन नदिने प्रयास भइरहेका वेला चिनियाँ अधिकारीहरूले त्यस्तो चेतावनी दिएका हुन्।

चीनको वुहान शहरबाट उक्त भाइरस फैलिन शुरु भएको हो। अहिलेसम्म नौजनाको ज्यान गइसकेको छ।

यो भाइरस चीनको वुहान शहरबाट फैलिन शुरु भएको हो। चिनियाँ सरकारका अनुसार उक्त भाइरसका कारण मृत्यु हुनेको संंख्या नौ पुगेको छ। संक्रमित हुनेको संख्या पनि ४४० पुगेको बताइएको छ।

राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारीले चीन रोकथाम र नियन्त्रणको ‘सबैभन्दा महत्त्वपूर्ण चरण’मा रहेको स्वीकार गरेका छन्। अधिकारीहरूले मान्छेबाट मान्छेमा त्यो भाइरस सरेको पुष्टि मंगलवार गरेका थिए।

एक पर्यटन व्यवसायीका अनुसार उत्तर कोरियाले पनि अस्थायी रूपमा विदेशी पर्यटकहरूका लागि आफ्नो देशको सीमा बन्द गरेको छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि