Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सैनिक अस्पतालमा निःशुल्क हेमोडाइलासिस सेवा

सैनिक अस्पतालमा निःशुल्क हेमोडाइलासिस सेवा

काठमाडौँ : काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको हेमोडाइलासिसको निःशुल्क सेवा शुरु भएको छ।

पहिलोपटक कामपा–१५ की ६४ वर्षीया चन्द्रदेवी महर्जनको हेमोडाइलासिस गरिएको हो। कामपा प्रमुख विद्यासुन्दर शाक्यले मंगलवार उपकरण सञ्चालन गर्दै सेवा शुरु गरेका हुन्।

यो सेवा सञ्चालन गर्न गएको पुस २ गते नेपाली सेना र कामपाबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो। सम्झौताबमोजिम आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि महानगरले नेपाली सेनालाई तीन करोड रुपैयाँ उपलब्ध गराउने छ।

थप उपकरण र जनशक्ति नपुगेसम्म अहिलेका लागि अस्पतालमा भएकै स्रोत साधनबाट एक सिफ्ट थप गरी प्रति दिन नौ देखि १२ बिरामीका लागि हेमोडाइलासिस सेवा दिइनेछ। त्यसलाई वृद्धि गर्दै भौतिक पूर्वाधारलगायतका स्रोत साधन थपेपछि सेवा थप विस्तार गर्दै लगिने अस्पतालले जानकारी गराएको छ ।

सम्झौताबमोजिम मिर्गौला बिरामीका लागि हेमोडाइलासिस सेवासँगै वीरेन्द्र अस्पतालले ज्येष्ठ नागरिकका लागि ओपीडी सेवा, आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लग्नेछ। थप उपकरण र जनशक्तिको व्यवस्थापन हुनुअघि पहिलो चरणमा महानगरको वडाबाट विपन्नताको र जनस्वास्थ्य महाशाखाबाट उपचारको सिफारिस प्राप्त गरेका बिरामीलाई अस्पतालबाट हेमोडाइलासिस सेवा उपलब्ध हुनेछ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन